मायाँ लुहार हत्याकाण्डका दोसीलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र पेश

DSDF Baitadi 2022 Dec 16

मायाँ लुहार हत्याकाण्डका दोसीलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र पेश

बैतडी
बैतडीको पञ्चेश्वर गा.पा.४ की २१ बर्षीया माया लुहारको घाँटी रेटी हत्या गरिएको र १५ बर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परेको घटनामा संलग्न दोसी पत्ता लगाई कानुनको कटघरामा ल्याउन माग गर्दै जिल्ला प्रशंसा कार्यालय बैतडीमा ज्ञापन पत्र पेश गरिएको छ । 

ज्ञापनपत्र दलित समाज बिकास मञ्चका अध्यक्ष सरस्वती नेपाली, दलित महिला सचेतना समाजका अध्यक्ष सीता दयाल, दलित महिला सघं फेडोका सचिव गिता सिनाल   महिला मानव अधिकार रक्षक सजालका अध्यक्ष लिला ठगुन्ना, नागरीक अगुवा कर्ण दयाल लगायतका अधिकारकर्मीले ञापनपत्र पेश गरेका हुन् ।